चिनियाँ कामदार फर्किएपछि लमुजङमा ‘आतंक’

लमजुङ । लमजुङमा एकाएक चिनियाँको आगमनले जिल्लाबासीमा कोरोनाको त्रास फैलिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका–६ को ठूलीबेंसीमा निर्माणाधीन न्यादी जलविद्युत आयोजनाका कामदार विनाचेकजाँच जिल्लामा आएपछि सन्त्रास फैलिएको हो ।
सो आयोजनामा प्राविधिक र कामदार गरी ६१ जना चिनियाँ कार्यरत थिए ।

नयाँ बर्ष मान्नका लागि गएका उनीहरु २३ माघभित्र काममा फर्कनेगरी एक महिनाको छुट्टीमा घर गएका थिए । ती मध्ये सात जना एकाएक कार्यक्षेत्रमा देखिएपछि गाउँलेमा त्रास फैलिएको छ । राजधानी दैनिकबाट

 
 
  
 

You may also like