आज कतै बर्ष, कतै हिमपात, यस्तो रहनेछ सात प्रदेशको मौसम

by समतल अनलाइन

काठमाडौं। केहि दिनयता देशभर बर्षात नभए पनि मौसम पूर्णरुपमा खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । जसका कारण मौसममा न्यानोपन थपिने क्रम बढ्दै गएको छ ।

महाशाखाले आज (शनिबार), आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो ।

महाशाखाले साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
हेर्नुस् प्रादेशिक मौसम जानकारी

 

 
 
  
 

You may also like