बिहेका लागि मेहन्दीमा सजिइन् प्रिय‍ंका (फोटो फिचर)

by समतल अनलाइन

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले बिहे गर्दैछन् । लामो समयदेखि प्रेममा रहेका प्रियंका र आयुष्मानको बिहेको खबरले फिल्म जगतमा स्थान पाउँदै आएको थियो ।

यो जोडीले बिहीवार बिहे गर्नेछ । बिहेका लागि नायिका प्रियंका कार्की मेहन्दीमा सजिएकी छिन् । उनले आफ्ना साथीहरुसँगका तस्वीर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।

प्रियंका र आयुष्मानको बिहेका लागि राजधानीमा एक रिसोर्ट बूक गरिएको छ । रिसोर्टलाई प्रियंका र आयुष्मानमय बनाइएको छ । तीन दिनका लागि बूक गरिएको रिसोर्टमा ह्यासट्याग आयंका लेखिएको छ ।

मंगलवार मेहन्दी र संगीतको कार्यक्रम राखिएको थियो । प्रियंकाले आयुष्मानको नामको मेहन्दी लगाइन् भने आयुष्मानले पनि प्रियंकाको नामको मेहन्दी लगाएका थिए ।

 

गतवर्ष इङ्गेजमेन्ट गरेको यो जोडीले असारमा बिहे गर्ने चर्चा थियो । तर, परिवारको समय नमिलेको भन्दै बिहेको मिति टर्दै आएको थियो ।

फिल्म वृत्तमा यी दुईको बिहे नहुने गसिप पनि चल्दै आएको थियो । भोलिदेखि भने प्रियंका र आयुष्मान विवाह बन्धनमा बाँधिदैछन् ।

 

 

 
 
  
 

You may also like