कसरी बन्ने स्मार्ट अभिभावक ?

by समतल अनलाइन

काठमाडौँ । बच्चालाई सम्हाल्नु, बच्चाको काम होइन । बच्चाको रेखदेखसंगै आफ्नो काम गर्न निकै गार्हो हुन्छ तर यो गर्न सकिन्छ । घरमा शिशुको आगमनले आमा-बुबाको दिनचर्या पूर्ण तरिकाले प्रभावित हुन्छ, जस्तै शुरुवातमा त उनीहरु हासी-खुशी स्वीकार गर्छन्, तर पछि दैनिक कार्यसूचीमा परिवर्तन हुने बित्तिकै जीवनमा पनि प्रभाव पर्छ ।

राम्रोसंग सुत्न पाइदैन

बच्चाले गर्दा आफ्नो अनुसार नभई उसको हिसाबले सुत्न-उठ्न पर्ने हुन्छ जसले गर्दा थकान अनुभव हुन्छ र तनावको स्तर बढ्दै जान्छ । यसको प्रभाव आफ्नो व्यक्तिगत जीवन संगै प्रोफेशनल लाइफमा पनि पर्छ ।

यस्तो अवस्थामा के गर्ने ?

यस्तो समयमा दुवै जना मिलेर आफ्नो आफ्नो जिम्मेवारी निभाउनु पर्छ जस्तै श्रीमान घरमा भएको समयमा आफ्नो सबै महत्वपुर्ण काम सक्ने । जब बच्चा सुतिरहेको हुन्छ आफ्नो निन्द्रा पुरा गर्ने र जब श्रीमान काम सकेर घर फर्किन्छन् त्यति बेला आमालाई ताजा अनुभव हुन्छ र श्रीमानलाई पनि आराम गर्न सजिलो हुन्छ ।

खानपानमा लापरवाही

पुरै दिन बच्चाको रेखदेखमा आमा-बुबाको आफ्नो खानपानमा ध्यान हुँदैन । समय नमिलेको कारण उनीहरु जे भेटायो त्यहि खाने गर्दछन् जस्तै कि फास्ट फुड । यसले उनीहरु बिरामी हुन सक्ने सम्भावना धेरै हुन्छ ।

उपाय के छ ?

यदि आमा मात्र एक्लै बस्छिन् भने आफ्नो टाइमटेबल बनाएर खाना खान अत्यन्त जरुरी छ ।

भावनात्मक सम्बन्धको कमी

बच्चामा व्यस्त हुने कारण पार्टनर एक-अर्कालाई समय दिन सक्दैन् । रोमान्स भन्ने त उनीहरुको जीवनबाट हराइसकेको हुन्छ जसले गर्दा भावनात्मक सम्बन्ध मतलब इमोशनल अट्याचमेन्टमा कमी हुन्छ ।

कसरी सामना गर्ने ?

अभिभावक बन्नुको मतलब एक अर्कासंग रोमान्स जताउन छोड्नुपर्छ भन्ने होइन, त्यसको सट्टा पहिलाको जस्तै आफ्नो पार्टनरसंग रोमान्टिक हुनुपर्छ । एक अर्काको भावनालाई सम्झिनुपर्छ र समय पनि निकाल्नुपर्छ । बाहिर डिनर वा कुनै रोमान्टिक घुमघाममा जानुपर्छ । यसले जीवनमा रोमान्स बनिराख्छ, नत्र नैराश्यता आउने र जीवन बोरिङ हुनसक्छ ।

अनुशासनको कमी

प्राय मानिसलाई अनुशासनमा बस्नुपर्ने हुन्छ जस्तै कि समयमा उठ्ने, खाना खाने र आफ्नो काम गर्नपर्ने हुन्छ । कतै बाहिर जानुपर्ने छ भने समयमा निस्किने, व्यायाम गर्ने आदि । तर अभिभावक बनेपछि चाहेर पनि आफुलाई अनुशासनमा राख्न सकिदैन जसले गर्दा भित्रभित्र तनाव सिर्जना गर्छ ।

कसरी समाधान गर्ने ?

शुरुवातको एक दुई हप्ता निकै व्यस्त भएपनि पछि आफ्नो समयतालिका बनाएर काम गर्नुपर्छ जस्तै कि, बाहिर व्यायाम गर्ने बानी छ भने घरमा नै गर्ने र यदि रातिको खाना निर्धारित समयमा भएन भने डिनरको समयमा ओट्स, सूप, सलाद, जाउलो बनाउने जुन समयमा नै बन्नुको साथै स्वस्थ्यकर पनि हुन्छ । यस्तो गर्दा बाहिर खान पनि पर्दैन र स्वास्थ्य रहन सहयोग हुन्छ । यस प्रकार आफ्नो समयसंगै अरु काम पनि व्यवस्थित गर्दा स्थितिको सामना गर्न सकिन्छ ।

 
 
  
 

You may also like