गुल्मीमा बिधालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ

by समतल अनलाइन

मनोज कार्की
गुल्मी। रेसुङ्गा हस्पीटल प्रा.लि. गुल्मीले सदरमुकाम तम्घासमा बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सुरु गरेको छ। गुल्मीको सदरमुकाम तम्घासको रिडस बोर्डिङ स्कुलमा स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रम गरी सुरु गरेको हो।

धेरैले समस्या नबुझेकै कारण विभिन्न रोगबाट ग्रहसित हुनुपरेकोले स्वास्थ्य शिक्षा कार्यक्रम अगाडी बढाइएको रेसुङ्गा हस्पिटल तम्घास शेर बहादुर थापाले बताए ।
शिक्षा स्वास्थ्य कार्यक्रमले समाजमा जनचेतना मुलक कार्यक्रम भएकाले यसको प्रचारप्रसार गर्न सकेमा मात्र नागरिक विभिन्न रोगबाट बन्चित हुन सक्ने बताए ।

तम्घास भएका सम्पुर्ण बिधालयमा देखि स्थानीय तह, वडा कार्यलय विभिन्न संघसस्थामा गएर कार्यक्रम तथा शिबिर गरिने बताइएको छ ।
शिबिरहरु पनि संचालित गर्न्ने स्वास्थ्यलाई संगठित बनाउनको लागि यो कार्यक्रम बिधालयका शिक्षक र बिद्यार्थीहरु बिचबाट गर्दा स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी हुने रेसुङ्ग हस्पिटल सन्चालक समिती अध्यक्ष श्री प्रसाद भलामिले जानाकारी दिए ।
रिर्डस बोर्डिङ स्कुलबाट सुरुगरिएको कार्यक्रमलाई सबैले सहयोग गर्न अध्यक्ष भलामिले आग्रह गरे ।कस्तो अबस्थामा के गर्नु पर्छ र रोग लाग्नुबाट बच्न्ने उपायको बारेमा विद्यार्थी शिक्षक बाट जानाकारी गराउदा समाजमा पनि परिबर्तन हुने भलामिको भनाइ छ ।

 
 
  
 

You may also like