बुटवल वहुमुखी क्याप्पसमा व्यक्तित्व विकास एवम उद्घोषण तालीम सुरु

by समतल अनलाइन

बुटवल । नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिको आयोजना तथा करीयर प्लानिङ एजुकेशन नेटवर्क प्रा ली बुटवलको सहकार्यमा २ दिने व्यक्तित्व विकास एवम उदघोषण तालीम सोमवारबाट सुरु भएको छ ।


नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका सभापति दिनेश पौडेको सभापत्वि एबम नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडकोे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालीममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँडले तालीम फलदायी बन्नु पर्नेमा जोड दिदै व्यक्तित्व विकास एवम उद्घोषण तालीमले विद्यार्थिहरुलाई थप हौसला मिल्ने वताए । खाणले अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको जिकीर गरे । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ उनले भने विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुदा हुदै सरकारले एमसीसी परियोजना ल्याउन खोजेको र एमसीसी नेपाली जनताको हितमा नभएकाले सवैले यसको विरोध गर्नुपने वताए ।


वुटवल वहुमुखी क्याम्पसको सभाहलमा संचालन भएको तालीममा ४ सय ५३ जना विद्यार्थि सहभागी रहेको छन ।
तालीममा युवाहरुमा लुकेर रहेका क्षमतालाई बाहिर ल्याउने उद्देश्यका साथ तालीम सञ्चालन गरेको नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका उपसभापति ऋषी भण्डारीले वताए ।

तालीममा नेपाल प्रजातान्त्रीक प्रध्यापक सँघका केन्द्रीय उपसभापती मदन कट्टेल, बुटवल एफ एमका कार्यक्रम प्रमुख रमेस अर्याल, खस्यौली एफएमका स्टेशन म्यानेजर सुमन श्रेष्ठ, अन एयर मिडिया सेन्टरका प्रवन्ध निर्देशक गोविन्द वस्नेत र बुद्घ टेलीभिजनकी पत्रकार सञ्जु पौडेलले प्रशिक्षण दिएका थिए । तालीम मंगलवार समापन हुने कार्यक्रमका सह संयोजक दिवस न्यौपानेले वताए । कार्यक्रम नेपाल विद्यार्थि संघ वुटवल वहुमुखी क्याम्पस ईकाई समितिका उप सभापति विक्रम पौडेलले संचालन गरेका थिए ।

 
 
  
 

You may also like