जिल्ला संयोजकको जिम्मा बेल्वासेलाई

by समतल अनलाइन

कपिलवस्तु । लामो समयदेखि युवाको क्षेत्रमा कार्य गर्दै आईरहेको नेपाल युवा परिषदले युवालाई सशक्तिकरण गर्ने उद्धेश्यले जिल्ला शाखा विस्तारको प्रकियामा अगाडि बढेको छ । शाखा विस्तारको क्रममा कपिलवस्तुका युवाहरुलाई सशक्तिकरण गर्ने जिम्मा युवा अभियानता सुनिता बेल्वासे पाउँनुभएको छ ।

विगत दुई बर्षयता बालवालीका र सामाजिक क्षेत्रमा कृयाशिल रहनुभएकी बेल्वासेलाई नेपाल युवा परिषद केन्द्रिय कार्यसमितिको बैठकले जिल्ला संयोजकमा नियुक्ति गरेको हो । सयोजक बेल्वासेको नेत्वृतमा जिल्लाका १० वटै स्थानीय तहका युवालाई समावेश गरि शाखा गठन गर्ने छ ।

गठित सदस्यबाटै राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ मा सञ्चाल हुने राष्ट्रिय युवा सम्मेलन २०२० मा जिल्लाको प्रतिनिधित्व गर्दै पठाईने बेल्वासेले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like