ओली सरकारको दुई वर्ष पूरा, प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी गराउने जनाइएको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई वर्षे कार्यकालको सन्दर्भमा आज २ गते २ बजे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले नेतृत्व गरेको वर्तमान सरकार यही फागुन ३ गते दुई वर्ष पुग्दैछ ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नेछन् ।

 
 
  
 

You may also like