जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियू रुपन्देहीले गर्यो दिप प्रज्वलन

by समतल अनलाइन

बुटवल । २५ औं जनयुद्ध दिवसको अवसर पारेर अनेरास्ववियू रुपन्देही बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवलको पुस्पलाल पार्कमा विहिबार साँझ दिप प्रज्वलन गरि जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरण गर्दै जनयुद्ध दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सचिब निर्मल जिसीले अबको नेतृत्वले सहिदहरुलाइ सम्मान गर्दै उनिहरुको सपनाको खातीर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा अनेरास्ववियू केन्दिय सदस्य अनुप पोखरेल, विद्यार्थी सह फ्याक्सन विष्णु थापा र चेतन भण्डारी, केन्द्रिय निर्वाचन आयोगका सदस्य रुपेश पौडेल लगायतको सहभागिता रहेको अनेरास्ववियु जिल्ला सदस्य हिमाल खनालले जानकारी दिए। कार्यक्रमको सञ्चालन अनेरास्ववियू रुपन्देहीका सह–संयोजक विष्णु खत्रीले गरेका थिए ।

 
 
  
 

You may also like