आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक सहयोग

by समतल अनलाइन

मनोज कार्की
गुल्मी । आशा अपाङ्ग केन्द्र गुल्मीलाई युके समाजद्वारा आर्थिक सहयोग गरेको छ । बिहिबार आशा अपाङ्ग केन्द्र रेसुङ्गा नगरपालिका–२ धागीथुम तम्घास गुल्मीमा गुल्मी जिल्ला समाज यूके तथा प्रथम नौमती पञ्चेबाजा समुह यूकेले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गुल्मी जिल्ला समाज यूकेद्धारा रु २ लाख तथा प्रथम नौमति बाजा समुहले रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको आशा अपाङ्ग केन्द्रकि उपाध्यक्ष गगा रामायझिले जानाकारी दिइन।

विदेशमा बस्ने प्रवासीहरुले गरेको सहयोग अतुलनिय रहेको भन्दै गुल्मी समाज युकेलाइ गुल्मी रेसुङ्गा नगरपालिकाकि उपमेयर सीता भण्डारीले धन्यवाद दिइन् ।

कार्यक्रमकि प्रमुख अतिथी तथा रेसुङ्गा नगरपालिकाकी उपमेयर भण्डारी हस्तान्तरण कार्यक्रममा बोल्दै आशा अपाङ्ग केन्द्रले गुल्मी जिल्लामा मात्र नभई देशमा राम्रो काम गरेको र यसलाइ स्थानीय सरकारले पनि ध्यान दिन जरुरी रहेको बताइन । प्रवासीहरुले आफ्नो पसिना बगाएर प्रदान् गरेको आर्थिक सहयोगलाई सही सदुपयोग गर्नुपर्ने समेत कार्यक्रममा उल्लेख गरिन ।

पछिल्लो समयमा समाज रुपान्तरणका लागि लड्ने अभियान्ताहरुको ध्यान पुग्न नसकेको नेपाली कंग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए ।
बिशेष अतिथि रहेका नेपाली कांग्रेस गुल्मीका सभापती श्रेष्ठले हामीहरु सपाङ्ग भएर पनि आशा अपाङ्ग केन्द्र गुल्मीकि उपाध्यक्ष गगा रामायझझिले जस्तो काम गर्न नसकेको बताएका छ्न ।

आशा अपाङ्ग केन्द्रहरुले अपाङ्गताको लागि नयाँ शक्ति प्रदान गरेको र राज्य दृष्टि पुग्न नसकेको ठाउँमा आशा अपाङ्ग पुगेको जानाकारी दिए ।

अपाङ्गगता भएकै कारण अझै पनि पशुतुल्य व्यवहार भोग्नु परेको तितो यर्थाथ रहेको उल्लेख गर्नुभयो। उहाँले आशा अपाङ्ग केन्द्रले गरेका कार्यलाई साङ्गहरुलाई चुनौति दिएको गुल्मी जिल्ला सस्थापक अध्यक्ष ओम थापाले बताए । आफुहरु निरन्तर बिदेशमा पसिना बगाएर आशा अपाङ्ग केन्द्र गुल्मीलाई सहयोग गर्दै आएको र आगमी दिनमा गर्ने पनि थापाले बताए ।

सरकारले अपाङ्गहरुलाई केन्द्रित गरेर आबश्यक पर्ने र गर्ने खालका कार्यक्रम ल्याउन सकेमा उनिहरुले पनि केही गरेर देखाउन सक्ने कार्यक्रमका अध्यक्ष जनार्दन घिमिरेले जानाकारी दिए ।कार्यक्रमका अध्यक्ष रहेका घिमिरे बोल्दै जिल्लाका १२ स्थानिय तहहरुलाइ फोन गरेको तर केही स्थानिय तहका जनप्रतिनिधिहरु कार्यक्रममा उपस्थित नहुदा आफुलाइ दु:ख लागेको बताए ।

२०११ साल देखि हाल सम्म आशा अपाङ्ग केन्द्र गुल्मीलाई युके गुल्मी सामाजले ४४ लाख रकम सहयोग गरेको छ ।
आशा अपाङ्ग केन्द्र गुल्मीले अपाङ्गको क्षेत्रमा रहेर जिल्ला २ नगरपालिका र १० गाउँपालिकामा राम्रो काम गर्दै आइरहेको पाइन्छ ।

 
 
  
 

You may also like