बुटवलमा व्यवसाय विकास तालिम सम्पन्न

by समतल अनलाइन

बुटवल। ‘उद्यमशिलताको विकास तथा आर्थिक समृद्धीका लागि प्राविधिक शिक्षा’ भन्ने मूल नारालाई आत्मसात गर्दै बुटवलमा युवा लक्षीत १० दिने व्यवसाय विकास तालिम सम्पन्न भएको छ । आफ्नो व्यवसाय सुरु गरि त्यसलाई सुधार कसरी गर्न सकिन्छ भन्नेबारेमा तालिममा सहभागिहरुलाई सिकाईएको थियो ।

कन्चनजंघा पोलिटेक्निकल इन्स्टिच्युट नेपाल (केपिन ) बुटवल र लक्ष्य नेपाल काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त तालिमले बेरोजगारी युवायुवतीहरुलाई स्वरोजगार बन्न सिकाउने आयोजकको अपेक्षा रहेको छ ।

कार्यक्रममा बोल्दै महिला उद्यमशील बुटवलकी सचिव तथा सीयारी गाँउपालिकाकि उप–प्रमुख अमृता गुरुङले व्यवसाय गरेर आत्मनिर्भतातर्फ उन्मुख हुनु भई गरिवी हटाउन यस्ता तालिमहरुले प्रभावकारी भुमिका खेल्नुपर्ने बताईन् ।

युएनडिडि नेप्का प्रदेशका प्रमुख उत्तम श्रेष्ठले आदिवासी, दलित , जनजाति, पिछदिएका वर्गलाई समेटेर उद्यमसिलतामा प्रेरित गर्नु तालिमको मुख्य उद्देश्य रहेकोे बताए ।
कार्यक्रममा बोल्दै कन्चनजंघा पोलिटेक्निकल इन्स्टिच्युट नेपाल(केपिन) बुटवलका अध्यक्ष निर्मल सिग्देलले १० दिन सम्म तालिममा सहभागी भएर सहभागिहरुले यसलाई व्यवहारिक रुपमा उतार्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रम कन्चनजंघा पोलिटेक्निकल इन्स्टिच्युट नेपाल(केपिन), बुटवलका अध्यक्ष निर्मल सिग्देलको अध्यक्षता र सियारी गाउँपालिकाकि उप–प्रमुख तथा महिला उद्यमशीलकि सचिब अमृता गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एनडिडि नेप्का प्रदेशका प्रमुख उत्तम श्रेष्ठलगायतको उपस्थिती र मीन थापाको सञ्चालन रहेको थियो ।

 
 
  
 

You may also like