ग्लोबल पिस रिट्रिट सेन्टरमा स्वसशक्तिकरण कार्यक्रम

by समतल अनलाइन

बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रिय कार्यालय बुटवल तथा ग्लोबल पिस रिट्रिट सेन्टरको आयोजनामा ग्लोबल पिस रिट्रिट सेन्टर, बुटवल १२, ढवाहामा सबै वर्गका महानुभावहरुका लागि व्यक्तिगत, व्यावसायिक एवं सामाजिक क्षेत्रमा सफल व्यक्तित्व तथा Peaceful एवं Blissful जीवन बनाउने अभिप्रायले “समृद्ध समाजका लागि स्वसशक्तिकरण” [Self Empowerment For Prosperous Society] विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रम ब्रह्माकुमारीज् नेपालकी सह निर्देशक एवं वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीको सभाध्यक्षता र ५ नं प्रदेशका प्रदेश प्रमुख माननीय धर्मनाथ यादवको प्रमुख आतिथ्यता तथा प्रदेश सांसदहरु माननीय भोजप्रसाद श्रेष्ठ, माननीय भगवती देवी भण्डारी, माननीय पुष्पा चौधरीहरु एवं बुटवल उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख श्री गोमा देवी आचार्यको विशिष्ट आतिथ्यतामा पानसमा दीप जलाई कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रमममा बुटवल, देवदह, सुनवल, नवलपरासी, बर्दघाट, डण्डा, कावासोती, दुम्किबास, त्रिवेणी, महेशपुर, मणीग्राम, सैनामैना मुर्गिया, सालझण्डी, जीतपुर, तोलिहवा, चन्द्रौटा, कृष्णनगर लगायतबाट लगभग ५ हजार जनाको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षक, प्राध्यापक, राष्ट्र सेवक कर्मचारी,पत्रकार,समाजसेवी, राजनितिज्ञ, व्यवसायी, व्यापारी, कृषक, टोल विकास समुह, आमा समुह, धार्मिक एवं सामाजिक संघसंस्था, लगायत विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुको समेत व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक शिलु दिदीले हरेकको चाहना सुखी एवं समृद्ध समाज बनाउने भएको हुँदा त्यसका लागि समाजको ईकाई मानव भएकोले मानव सशक्त, शान्तिमय, स्वस्थ, सकारात्मक र रचनात्मक भएमा स्वतः समाज नै समृद्ध एवं शान्तिमय हुन सक्ने कुरालाई प्रकाश पार्नु भएको थियो । यसैबीच प्रमुख अतिथि प्रदेश प्रमुख माननीय धर्मनाथ यादव, प्रमुख प्रशिक्षक राजयोगिनी शिलु दिदी र डिभिजन वन प्रमुख बोधराज सुवेदीलाई स्वागत सम्मान गरिएिको थियो भने राज्यले गर्नुपर्ने कार्यक्रम संस्थाले आयोजना गरिएको हुनाले संस्थाकी नेपाल सह निर्देशक राजयोगिनी ब्र कु कमला दिदीलाई प्रदेश प्रमुख माननीय धर्मनाथ यादवले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पाँच महाद्विप तथा ७० भन्दा अधिक राष्ट्रहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन÷महासम्मेलनकी कुशल वक्ता एवं चर्चित टेलिभिजन Zee T.V., Sony T.V., Aastha, Sanskar, Peace of Mind लगायत अन्य थुप्रै च्यानलकी वक्ता वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी ब्रह्माकुमारी शिलु दिदीले प्रशिक्षण दिनु भएको थियो । ब्रह्माकुमारी शिलु दिदीले विभिन्न समयमा शिक्षाविद्, न्यायविद्, राजनीतिज्ञ, चिकित्सक, वैज्ञानिक, व्यापारि,समाजसेवी आदि वर्गहरुका लागि विगत ५० वर्ष देखि प्रशिक्षण दिंदै आउनु भएको छ ।
कार्यक्रममा ग्लोबल पिस रिट्रिट सेन्टरका निर्देशक राजयोगि ब्रह्माकुमार नारायणले शब्दपुष्पको माध्यमबाट गरिएको स्वागतमा कालाकारहरुले पनि स्वागत नृत्य प्रस्तुत गरेका थिए भने संस्थाका नेपाल सह निर्देशक एवं वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीले उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रमको संचालन ब्रह्माकुमार भरत पौडेलले गर्नु भएको थियो ।

 
 
  
 

You may also like