वन वाटिकाको अध्यक्षमा: शर्मा

by समतल अनलाइन

वटवल । शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को अध्यक्षमा बेलप्रसाद शर्मा चयन हुनुभएको छ । मंगलबार भएको केन्द्रको तेस्रो अधिवेशनबाट शर्मा सर्वसम्मत अध्यक्ष चयन हुनभएको हो ।

त्यसैगरी उपाध्यक्षमा खिमलाल पाण्डे, सचिवमा फर्सुराम भण्डारी, कोषाध्यक्षमा मनिराम भट्टराई चुनिनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा बालकृष्ण कुँवर, किरण खरेल, गीतादेवी न्यौपाने, ज्योतिमाया थापा, डोरबहादुर सारु, सरस्वती बराल र हरिकला अधिकारी चयन हुनुभएको छ ।

अधिवेशनबाट लेखा समिति संयोजकमा प्रदीप पराजुली र सदस्यहरुमा डा। बाबुराम ज्ञवाली र दिपेश कंडेल चयन हुनभएको छ ।
वन वाटिकाको नयाँ नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनमुक्ति निकट सदस्यहरुबीच त्रिपक्षीय समझदारी भएको थियो ।

साधारणसभा तथा अधिवेसनको प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको थियो ।

 
 
  
 

You may also like