यस्तो छ सौगातको मन्त्र टिजर (भिडियो)

by समतल अनलाइन

काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक गरिएको छ । एउटा हिमाली प्रेमकथा भनिएको यो फिल्मको टिजरमा हिमाली जीवन देख्न सकिन्छ ।

सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन, नमिता तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्ममा खिलबहादुर गुरुङको निर्देशन छ ।

मनोज राजभण्डारीले फिल्म निर्माण गरेका हुन् । टिजर अनुसार सौगातले एक युवतीलाई आफ्नो जीवनसाथी बनाउन चाहेका हुन्छन् । यसै वरिपरि फिल्मको कथा छ ।

सञ्जय लामाले खिचेको यो फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् भने साम्तेन भुटियाले लेखेका हुन् ।

 
 
  
 

You may also like