बुटवलको योगिकुटीमा खुल्यो स्तरीय होटल

by समतल अनलाइन

बुटवल। तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सिमानामा रहेको योगिकुटी चोकमा होटल द बुटवल भ्यू सञ्चालनमा आएको छ ।
आन्तारिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उक्त होटल पांच जना लगानीकर्ताहरु यक बहादुर गाहासंगै बुद्ध बहादुर सुर्यबंशी, खेम बहादुर थापा, मदनलाल बस्याल र विनोद कुमार नेपालीको संयुक्त लगानीमा सञ्चालनमा आएको हो ।

होटलका अध्यक्ष यक बहादुर गाहाले ६ करोडको लगानीमा होटल सञ्चालनमा ल्याइएको बताए । होटलमा नेपाली, चाईनिज, जापानिज, कन्टिनेन्टल खानाका स्वादिस्ट परिकारहरु पाईने बताए । होटलमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

पैतीस वटा बातानुकुलीत (एसी) सहितका कोठाहरु रहेको होटलको एक कार्यक्रमका बीच फागुन २५ गते उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

होटल ब्यवस्थापनका अनुसार होटलमा लाईभ म्युजिक सहितको क्लव, ४ सय र १ सय ५० जना क्षमताका दुई वटा हलहरु समेत रहेका छन् ।

 
 
  
 

You may also like