रवी लामिछाने र युवराज कँडेल पक्राउ

by समतल अनलाइन

काठमाडौं । शालिकराम पुडासैनीको मृत्यु पक्ररणमा रवी लामिछाने पक्राउ परेका छन् । उनीहरुलाई पानिपोखरी स्थित न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट पत्रकार युवराज कँडेलसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

यसअघि, आजै प्रहरीले रवीले अन्र्तवार्ता लिन लागेपछि शालिकरामले मर्ने बेला नाम लिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई पक्राउ गरेका थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो बुधबार सार्वजनिक भएको थियो। भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना हत्यारा भएको गम्भीर आरोप लगाएका थिए।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए।

 
 
  
 

You may also like