कमिसनका लागि खरिद ऐन धज्जीमा उडाउँदै पालिकाहरु

by समतल अनलाइन

काठमाडौं। ओखलढुंगा र सोलेखुम्बुका अधिकांश पालिकाले सार्वजनिक खरिद ऐन मिचेर लाखौका सामाग्री खरिद गरका छन् ।

ऐनअनुसार सार्वजनिक निकायले २० लाख रुपैयाँभन्दा बढीको निर्माण कार्य, वस्तु वा सेवा खरिद गर्दा खुला बोलपत्र आह्वान गर्नुपर्छ । पालिकाहरुले त्यसलाई अवज्ञा गरी सवारीसाधन, कार्यालय प्रयोजनका सामाग्री, औषधि र भेटेरिनरी सामाग्री सोझै किनेका हुन् ।

आर्थिक वर्ष २०७४–७५ मा ओखलढुंगाको सिद्धचर नगरपालिका, चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिकाल मेलुङ गाउँपालिका र चिशंखुगढी गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीविपरीत ३ करोड ३० लाख ६८ हजार १ सय ९३ रुपैयाँको सामाग्री सोझै खरिद गरे ।

सिद्धिचरणले सबैभन्दा बढी ९० लाख ३० हजार ३ सय २ रुपैयाँका ल्यापटप, प्रिन्टर, फर्निचर, इन्र्भटर, ब्याट्री, डेक्सटप खरिद गरेका छन् ।

ती सामाग्री बोलपत्रबिनै सोझै खरिद हुनुमा कमिसनको खेल करक रहेको स्थानीय तहकै कर्मचारी बताउँछन् । चम्पादेवी ८ का वडाअध्यक्ष अजय लुइटेलले भने, ‘औषधी खरिदमा ५० प्रतिशतसम्म कमिसन दिने व्यापारी गाउँपालिकामै आइपुगेका थिए ।’ कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like