महँगो देशको सूचीमा नेपाल १२२ औं स्थानमा

by समतल अनलाइन

काठमाडौं । युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो ।

त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ । महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो ।

सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ ।

विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन् । अमेरिकाको आर्थिक अखबार सीइओ वर्ल्डले विश्वका १३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like