नेपाली खेल पत्रकारले लेखेको समाचार बन्यो विश्वकै उत्कृष्ट, आठ हजार अमेरिकी डलर पुरस्कार

by समतल अनलाइन

काठमाडौं। नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको समाचार विश्वमै उत्कृष्ट भएको छ । उनले विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले प्रदान गर्ने एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका हुन् ।

स्पेन र अर्जेन्टिनाका खेल पत्रकारले लेखेका समाचारलाई समेत पछाडि पार्दै नेपाली खेल पत्रकार ओलीले लेखेको समाचार ‘वेस्ट कोलम राईटिङ ’तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएको हो । अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

सोमबार राति हङ्गेगीको बुडापेस्टमा सोमबार राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो । एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन् ।
उनले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किल’ले ५० खेल खेलिने नेपालमा झण्डै २०० खेल संघ पालिएका छन्’शीर्षकमा समाचार लेखेका थिए ।

विश्वभरका करिब १८० देशका सयौं पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो । ओली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का महासचिव हुन् । डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन् ।

 
 
  
 

You may also like