बेस्ट फाइनान्सद्वारा मन्दिरलाई जिन्सी सहयोग

by समतल अनलाइन

बुटवल । वेष्ट फाइनान्स कम्पनी (प्रा.) लि.ले आफ्नो वार्षिक उत्सवको अवसरमा बुटवल–५ पुलचोक स्थित श्री दुर्गा भगवती श्री शिवालय मन्दिरलाई कुर्ची, घडि, डस्टविन, स्वागत बोर्ड लगायतका सामग्रीहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण मिश्रको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नं–३ का कार्यबाहक अध्यक्ष लिलाप्रसाद क्षेष्ठको प्रमूख आतिथ्यतामा शनिबार भएको सामग्री हस्तान्तरण कार्यक्रममा फाइनान्स कम्पनीका सञ्चालक द्वय सुरज क्षेत्री र दीपक ढकालले संयुक्त रुपमा मन्दिर व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा सामाग्री हस्तान्तरण गर्दै उहाँहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक एवं सिर्जनात्मक कार्यमा फाइनान्स सदैव अग्रसर रहेको धारणा राख्नुभयो । आगामी दिनहरुमा पनि मन्दिरको विकासका लागि सहयोग निरन्तर जारी रहने उहाँहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वेस्ट फाइनान्सका बुटवल शाखा प्रवन्धक लालचन श्रेष्ठले आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने बताउनु भयो । कार्यक्रमममा सल्लाहकारहरु राम बहादुर कार्की, घनश्याम चापागाई, पुुनाराम पोख्रेल, लवकुश श्रेष्ठ लगायतले बोल्दै फाइनान्स कम्पनीको सेवा भावनाको प्रशंसा गर्नुभयो । कार्यक्रम मन्दिर समितिका उपाध्यक्ष हरिकृष्ण प्रधानको स्वागत तथा सचिव ऋषिराम भूषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like