प्रकाश खनाल
बुटवल । रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ बुद्धनगरको सिर्जनानगर निवासी गोमा श्रेष्ठले आफ्नै सहोदर दिदीले धोका दिएपछि न्यायको खोजि गरिरहेकी छिन् । आफ्नै दिदीले उनलाई यसरी फसाउलिन् र न्याय नपाएर भौतारिन पर्छ भन्ने गोमाले कल्पना पनि गरेकी थिइनन् । अर्घाखाँचीको अर्घातोष घर भई वि.स. २०६४ सालमा बुटवल झरेकी गोमाले बुटवल ११ बुद्धनगरमा गाउँको जग्गा जमिन र गहना बेचेर दुईवटा सुकुम्बासी घडेरी किनिन् । दुईवटै घडेरी आफ्नो नाममा बनाउँदा पछि समस्या पर्न सक्ने डरका कारण एउटा घडेरी आफ्नै दिदी रमा श्रेष्ठको नाममा स्थानिय समितिको रोहवरमा लिखित पास गरिदिएको उनले बताइन् ।
डिभर्ना ८ झेंडी भर भएका नन्दलाल श्रेष्ठका छोरा हिमलाल श्रेष्ठसँग बिवाह गरेकी दिदि रमा श्रेष्ठले गाउँमा दुःख पाएको भनि बिसं ०६६ साल चैत्र मसान्तको दिन बहिनी गोमाले बुटवलतर्फ झारेको बताईन । बुटवलमा आएपछि आफुले घरजग्गाको सबै ब्यबस्थापन गरिदिएको तर पछि दिदिले धोका दिएको, पैसा पनि नदिएको भन्दै गोमाले पत्रकार सम्मेलन आयोजना गरेर न्याय दिलाई दिन आग्रह गरेकी छन । त्यो समय दिदीको आर्थिक अवस्था कम्जोर भएको देखेर गोमाले आफ्नै गर–गहना बेचेर दिदीका लागि ६ कोेठाको जग पुरेर २ कोठाको घर खडा गरिदिएको बताइन् ।
समय वित्दै गयो, दिदी रमाका श्रीमान कमाउन विदेश गए, उनिहरुको आर्थिक अवस्था मजवुद हुँदै गयो, बहिनी गोमाले बनाईदिएको २ कोठाको घरमा इट्टा र तला थपेर दिदिले ६ कोठाको घर बनाइन् । यता, गोमाको भने आर्थिक अवस्था केही कम्जोर बन्दै गयो, दिदीलाई आफूले लगाएको गुन भुलेको छैन भन्ने विश्वास थियो उनलाई तर दिदिबाट बहिनिले ठुलो धोका पाईन । गोमा भन्छिन—तम्सुक बनाउ भन्दा पनि मानेनन् । आफ्नो मान्छे बहिनी भएपनि आमा बराबर भएर हाम्रो संरक्षण गरेकी छौ, यो गुन भुल्दैनौं कमाएर तिर्छम् भनेका थिए ।
एक दिन गोमाले दिदीसँग कुरा उठाइन्, ‘दिदी तपाईहरुको पनि आर्थिक अवस्था सवल भयो, तपाईको नाउमा मैले किनीदिएको घडेरी मलाई फिर्ता दिनुपर्यो ।’ तर, दिदी रमाको मन १० वर्ष अघिको जस्तो थिएन, बहिनीले लगाएको गुन दिदीको परिवारले भुलिसकेका थिइन् । गोमाले दिदिबाट धोका पाएको कुरा त्यति बेला थाहा पाईन जब उनले फिर्ता मागेको उक्त सुकुम्बासी जग्गामा बनेको घर र घडेरी फिर्ता गर्न दिदीले अस्वीकार गरिन् । घर जग्गाको विषयलाई लिएर उनिहरु बीच बारम्बार झगडा हुन लाग्यो, दिदीले घडेरी आफ्नै नाममा भएका कारण कागजी प्रक्रियाले जसरी पनि जित्ने निश्चित थियो, यो कुरालाई बुझेर होला दिदी रमाले घर जग्गा आफ्नै भएको र बहीनीबाट एक पैसा पनि नलिएको जित गर्न थालिन् ।
कसैगरि पनि पार नलाग्ने भएपछि बहिनी गोमाले हार्नै पर्ने भयो, गोमाले दिदीको नाममा भएको घडेरीलाई माया मारिन् र घर बनाउँदा लागेको खर्च रकम भए पनि पाउन पाए हुन्थ्यो भन्ने निष्कर्षमा पुगिन् । साँवा ब्याज मिलाएर घर बनाउदा लागेको रकम मात्र भए पनि दिन उनले दिदीलाई आग्रह गरिन, यो कुरालाई पनि दिदी रमा श्रेष्ठले अस्विकार गरिन् । गोमा भन्छिन् —घर जग्गा त खाए ठिकै छ, मैले नगद खर्च गरेको ६ लाखको साँवा ब्याज उठाउन सबै आफन्त, छिमेकी, स्थानिय जनप्रतिनिधी सबैलाई आग्रह गरें कसैले सहयोग गरेन अन्ततः पत्रकारको शरणमा आएकी छु लौन मलाई न्याय दिलाउनु परो ।
पटक पटक स्थानिय सुकुम्बासी समिति, वडा कार्यालय र नगरपालीकामा समेत पटक पटक निवेदन दिएको तर न्याय दिलाउछौं भन्ने आश्वासन मात्र पाएको गोमाले बताईन् । मानव अधिकार आयोग, राजनैतिक पार्टी, महिला संजाल, तेश्रो लिङ्गि समाजमा समेत उजुरी गर्न पुगेको उनले बताईन् । गोमा भन्छिन—दिदि भेनाको परिवारले मलाई तेश्रो लिङ्गी हो भनेर अपमान गरेपछि त्यहाँ समेत हारगुहार गरें । स्थानिय धेरै मान्छेलाई यो कुरा थाहा छ । उनिहरुले दिदिलाई बहिनीको पैसा देउ भन्दा मलाई केही थाहा छैन, पैसा लिएको पनि छैन् । दिनपनि छैन भन्दै टार्ने गरेको उनि बताउछिन । मेरो ज्यानको पनि असुरक्षा छ, मलाई पटक पटक मार्ने धम्की पनि आएको छ । ढुंगाले पटक पटक प्रहार गरेका छन । पटक पटक मलाई पागल बनाउने प्रयत्न पनि गरियो । म कहाँ जाँउ न्याय खोज्न लौन बताईदिनुस् । मलाई मार्न भनेर गुण्डा पनि लगाए भागेर बाँचें । माथिबाट कतिपटक टाउकोमा पिसाव पनि फेरीदिए ।
लाख कोशिष गर्दा पनि कहिगरि पार नलाग्ने भएपछि बहिनी गोमाले वि.स. २०७५ साल फागुन २७ गते वडा कार्यालयमा घर–घडेरी विवाद समाधानका लागि र रकम असुलि गर्ने उद्देश्यले विवाद मिलाईदिन आग्रह गर्दै निवेदन दर्ता गराईन् । वडा कार्यालयमा गोमाले दिएको निवेदन दर्ता भयो, तर न्याय पाउने छाँट भने केही पनि देखिएन । बुद्धनगरका जनप्रतिनीधी नहकुल शाही, वडा अध्यक्ष रामचन्द्र क्षेत्री कसैले पनि आफ्नो समस्या नसुनेको बताउछिन गोमा श्रेष्ठ । यता, वडा अध्यक्ष रामचन्द्र क्षेत्रिले भने विवाद समाधानका लागि वडा तथा नगरमा समेत राम्रैसँग छलफल भए पनि वहिनी गोमाले दिदी रमालाई जग्गा तथा रकम उपलब्ध गराएको कुनै प्रमाण नभएका कारण निर्णय दिन गाह्रो भएको बताए । ‘हामीले प्रमाणका आधारमा न्याय दिलाउने र समझदारी गराउने हो, उहाको विषयमा हामीले छलफल नगरेको भन्ने होइन ।’ कुरा गर्दै क्षेत्रीले भने ‘हामीले उहाँलाई न्यायका लागि जिल्ला अदालत वा प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेका हौं, प्रमाणहरु नभएका कारण हामीले केही गर्न सक्ने कुरा भएन ।’