सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामै छैन हेल्थ डेक्स

by समतल अनलाइन

बेलहिया। रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुदै सबैभन्दा पर्यटक भित्रन्छन् । यो नाकाबाट चीनिया पर्यटक पनि अत्याधिक मात्रामा आउने गर्दछन् । वेलहिया नाकाबाट श्रीलङका, थाईल्याण्ड, म्यानमार, भियतनाम पछि चीनबाट पर्यटक आउने गरेका तथ्याङकले दखाएको छ ।

तर, अत्याधिक पर्यटक भित्रिने नाका वेलहियामा एउटा पनि हेल्थ डेस्क स्थापना गरिएको छैन् । चीनमा कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढेपनि सरकारले सिमा क्षेत्रमा अहिले सम्म पर्यटकको स्वास्थ्य जाँचका लागि हेल्थ डस्क स्थापना गरेको छैन । जसले गर्दा नेपालमा पनि कोरोना भाईसरको जोखिम बढेको छ । चीनमा कोरोना भाईसरको संक्रमण फैलिएसँगै नेपाल चीन सिमानाका रसुवागढी नाका बन्द गरिए पनि अन्य नाकामा भने सामान्य सतर्कता समेत अपनाईएको छैन् ।

बेलहिया नाका हुदै सन २०१८ मा चीनबाट ५ हजार २५ जना पर्यटक आएका थिए भने सन २०१९ मा ६ हजार १ सय ८ जना पर्यटक आएका थिए । २०१८ को जनबरीमा ५ सय ८, २०१९ को जनबरीमा ६ सय ४८ आएका थिए भने २०२० को जनवरी २८ सम्ममा ५ सय ४७ जना आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनाले जानकारी दिए । उनले प्रत्येक दिन जसो चीनबाट पर्यटकहरु आउने गरेको बताए ।
सिमानाका पर्यटकको स्वास्थ्य परिक्षणका लागि हेल्थ डेस्कको स्थापना नहुदा आफुहरुलाई समेत जोखिम बढेको उनले उल्लेख गरे ।
पर्यटकहरु नेपाल प्रबेश गरेपछि सबैभन्दा पहिले अध्यागमन कार्यलय आउछन्, उनीहरुको पहिलो सम्पर्क अध्यागमनका कर्मचारीसंगै हुँन्छ प्रमुख खनालले भने संकमित पर्यटक भए हामी पनि जोखिममा पर्छौ । उनले स्वास्थ्य परिक्षण विना नै पर्यटकलाई नेपाल प्रबेश गराउदा कोरोना भाईरसको जोखिम हुने हुँदा हेल्थ डेस्कको स्थापना गर्नु पर्नेमा जोड दिए ।

रुपन्देहीका निमिक्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ४÷५ दिन भित्रमा सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिने बताएका छन् । उनले सिमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने बिषयमा छलफल चलिरहेको उल्लेख गर्दै केहि दिन भित्रै डेस्क स्थापना गरिने बताए ।
चीनमा कोरोना भाईरसको संक्रमण फैलिएपछि भारतिय पक्षले भने सिमा नाका सुनौलीमा हेल्थ डेस्क स्थापना गरेको छ । भारतिय पक्षले चीनिया पर्यटकलाई स्वास्थ्य परिक्षण गरेर मात्र पठाउने गरेको बताएको छ । चीनमा कोरोना भाईरसका कारण सय बढीको ज्यान गईसकेको छ भने १३ सय बढी संक्रमित भएको समाचार सस्थाहरुले जनाएका छन् ।

 
 
  
 

You may also like