नेशनल प्याब्सन फुटवलको उपाधी स्कलर्सहोमले जित्यो

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल ।रुपन्देहीको बुटवलमा भएको नेशनल प्याब्सन जिल्ला स्तरीय फुटवलको उपाधी बुटवलको स्कलर्स होम बोर्डिङ्ग स्कुलले जितेको छ । बुटवलको कालिका मानवज्ञान खेल मैदानमा शनिबार भएको फाईनल खेलमा सालझण्डिको नवप्रभाप बोर्डिङ्ग स्कुललाई ३–० गोल अन्तरले हराउदै स्कलर्स होमले उपाधी चुमेको हो । उपाधी सहित स्कलर्स होमले शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भएको जिल्ला स्तरीय मावि फुटवलमा नव प्रभातले उपविजेतामामै चित्त बुझायो । रुपन्देहीका विभिन्न स्थानका झण्डै डेढ दर्जन प्रतिस्प्रर्धी विद्यालयहरुलाई पछि पार्दै उपविजेता बनेको नवप्रभातले शिल्ड तथा प्रमाणपत्र हात पारेको हो । प्रतियोगितामा देवदहका न्यू नमुना बोर्डिङ्ग स्कुल र देवदह बोर्डिङ्ग स्कुल तृतीय बने । उनीहरुले क्रमश शिल्ड, मेडल, प्रमाणपत्र हात पारेको खेल संयोजक तथा नेशनल प्याब्सनका पुर्व अध्यक्ष देउप्रकाश राईले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगितामा स्कलर्स होमका युकेस सुनार वेष्ट फर्वाडर, जीवन राई बेष्ट डिफेन्डर, अभिषेक सुनार वेष्ट किप्पर र बिज्ञान गुरुङ्ग वेष्ट प्लेयर बने भने नवप्रभातका एरोन थापाले बेष्ट मिड फिल्डर बने । विजयी विद्यालय तथा उत्कृष्ट खेलाडिहरुलाई बधाई तथा शुभकामना दिर्दै प्रदेश ५ का प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले विद्यार्थी जीवनको खेलको महत्व धेरै भएकाले शैक्षिक संस्थाहरुले समयसमयमा खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनुभयो । शैक्षिकसँगै अतिरिक्त कृयाकलापका कार्यक्रमहरु विद्यालय स्तरमा निरन्तर हुनु पर्ने उहाँको जोड थियो । नेशनल प्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, बालाकृष्ण तिवारी, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, नेशनल प्याब्सनका प्रदेश उपाध्यक्ष विष्णुप्रसाद पौडेल, जिल्ला सचिव बाबुराम बन्जाडे लगायतले विजयी विद्यालय तथा उत्कृष्ठ खेलाडिहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । गत बुधबारदेखि शुरु भएको फुटवल प्रतियोगितामा रुपन्देहीका करिव डेढ दर्जन विद्यालयका खेलाडि विद्यार्थीहरुले प्रतिस्प्रर्धा गरेको नेशनल प्याब्सनका उपाध्यक्ष विल गुरुङ्गले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like