सिद्धबाबालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश

by समतल अनलाइन

विराटनगर।‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले सुनसरी अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। जिल्ला अदालत सुनसरीले गिरीलाई धरौटीमा छोड्न दिएको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो।

बलात्कारको आरोप लागेका सिद्धबाबा भने भारततर्फ ‘भागेका’ छन् । सुरक्षाका लागि सरकारले खटाएका प्रहरीलाई फिर्ता पठाएर गिरी जोगबनी नाका हुँदै भारततर्फ भागेका हुन् ।

 
 
  
 

You may also like