प्रदेश सांसद दीपक मनाङ्गे पक्राउ

by समतल अनलाइन

कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।

एन्फा कास्कीका अध्यक्षलाई कुटपीट गरेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

एन्फा कास्कीका अध्यक्षले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए ।

 
 
  
 

You may also like