दि बिगेष्ट अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न

by समतल अनलाइन

कृष्ण रणपाल

बुटवल । बुटवलको मिलनचोकमा रहेको ग्लोबल रिच शजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले निःशुल्क दि बिगेष्ट अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न गरेको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी नर्सिङ्ग, आईटी, व्यवस्थापन,स्वास्थ्य, ईन्जिनियरिङ्ग सम्बन्धि विषयमा निःशुल्क एजुकेशन फेयर सम्पन्न भएको हो

बुटवल आसपासमा रहेका विद्यार्थीहरुलाई समेटेर गरिएको उक्त फेयरमा १८६ जना विद्यार्थीहरु र अभिभावकको समेत सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरु मध्ये ५० जनालाई लक्की ड्र मार्फत उत्कृष्ट उपहार प्रदान गरिएको हो ।

अष्ट्रेलियाका ६ वटा युनिर्भसिटीहरु चाल्र्स स्टुवर्ट यूनिर्भसिटी, इन्टरनेशनल कलेज अफ म्यानेजमेण्ट, यूनिर्भसिटी अफ टेक्नोलोजी सिड्नी, साउथर्न क्वीन्स ल्याण्ड यूनिर्भसिटी, नेवीटास र वेष्टर्न सिड्नी यूनिर्भसिटीका प्रतिनिधिहरुले एजुकेशन फेयरको सहजीकरण गरेका थिए ।

कार्यक्रममा नविल बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई आर्थिक परामर्स दिएको बुटवल शाखा काउन्सिलर शान्तिमाया गुरुङ्ग क्षेत्रीले बताईन् ।

काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीले प्रत्येक ६÷६ महिनामा यस्ता कार्यक्रमहरु गर्दै आईरहेको छ । माघ ३, ४ र ५ गते काठमाण्डौं, पोखरा र चितवन शाखा कार्यालयमा एजुकेशन फेयर सम्पन्न भएपछि अन्तिममा बुटवलमा ५ औँ पटक मेला सम्पन्न भएको पोखरा शाखाका बजार व्यवस्थापक सागरबाबु गिरीले बताए ।

 
 
  
 

You may also like