बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन

by समतल अनलाइन

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो ।

फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको घोषणा गरेका हुन् ।

प्रभासले गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा काम थालेका हुन् । यो हाउस तेलुगुको प्रतिष्ठित प्रोडक्सन हाउसमध्ये एक हो ।

खबरका अनुसार फिल्म हिन्दी, तेलुगू र तमिल भाषामा रिलिज हुनेछ । यद्यपि फिल्मको शीर्षक र अन्य कलाकारका बारेमा भने केही खुलाइएको छैन ।

 
 
  
 

You may also like