रेल आउने पक्का, कर्मचारीमा अन्योल

by समतल अनलाइन

काठमाडौं । माघ तेस्रो साताबाट जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनमा आउने निश्चित जस्तै भएको छ । कर्मचारीको टुङ्गो भने लागेको छैन ।

दुई सय कर्मचारी माग गरिए पनि भर्ना प्रक्रिया शुरु हुन सकेको छैन । भारतमा दुई वटा रेल सेट बनिसकेका छन् । तिनलाई ल्याउन मात्र बाँकी छ । रेल विभागले भने कर्मचारी भर्ना नगरे पनि रेल संचालनमा समस्या नभएको बताएको छ ।

पहिलो चरणमा एक सेट रेल नेपाल ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘करारमा कर्मचारी राखेर भए पनि रेल सञ्चालनमा ल्याइने उनको भनाइ छ । ‘अब रेल आउन मात्र बाँकी छ’, उनले भने, ‘रेलसम्बन्धी नियम कानुन बन्ने क्रममा छ ।’ कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like