पूर्व अधिराजकुमारी प्रेरणालाई जग्गा खाली गर्न ३५ दिने म्याद

by समतल अनलाइन

काठमाडौं। पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ ।

ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शुक्रबार सूचना जारी गरेको हो । छाउनीको जग्गा दाइजोमा पाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दिएको रिटमा सुरुमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणा (हाल प्रधानन्यायाधीश) को संयुक्त विशेष इजलाशले ०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्ण दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like