सैनामैना सेवा समाज युएईको प्रथम बनभोज कार्यक्रम सम्पन्न

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना । सैनामैना सेवा समाज युएईको आयोजनामा प्रथम बनभोज कार्यक्रम सम्प्पन भएको छ । दुबई को मुशरिफ पार्कमा सम्पन्न बनभोज कार्यक्रम शुक्रबार बिहान १० बजेदेखि बेेेेलुका ८ बजे सञ्चालन भएको थियो ।

करिब २५० जना भन्दा बढीको उपस्थित रहेको उक्त बनभोज कार्यक्रममा नेपाली परिकारहरु सहित मिठो भोजन सँगै रमाइलो नाचगान पनि गरिएको थियो ।

कार्यक्रम सैनामैना सेवा समाज युएईका अध्यक्ष केशब ढकालको अध्यक्षता , नेपाली समाज यूएईका अध्यक्ष गोबिन्द ढकालको प्रमुख आतिथ्यता तथा बिभिन्न संग संस्थाका प्रतिनिधिहरु को उपस्थितिमा सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रममा बोल्दै नेपाली एकता केंद्रीय सचिब के पी बिरहीले समाजले गरेको कार्य प्रति खुसी ब्यक्त गर्नु भएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका ढकालले समाज रहेका विकृतिहरु र यूएई को कानून अनुसार कार्यक्रम कसरी गर्दा राम्रो हुन्छ , भन्ने कुरा प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै , कार्यक्रममा बोल्दै संयोजक रामप्रसाद पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिनुभएको हो ।

कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष केशब ढकालले कुनै पनि कार्यक्रम गर्दै गर्दा प्राबिधिक सल्लाह सुझाव, र सहयोग गर्नुहुने साथै कार्यक्रम तयारी को क्रममा अनबरतरुप मा लागि पर्नु हुने अग्रज, संरक्षक , बुद्धिजीवी, सल्लाहकार, संस्थाका पदाधिकारी , सदस्य तगा विभिन्न बिभागिय प्रमुख , कार्य समितिका सम्पूर्ण पदाधिकारी , बिभिन्न संघ सस्थाबाट पाल्नु भएका संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लाई धन्यवाद दिनुभएको थियो । भने बनभोज कार्यक्रमको सञ्चालन सैनामैना सेवा समाज यूएईका महासचिब यूबराज भट्टराई ले संचालन गर्नु भएको थियो ।

 
 
  
 

You may also like