राजधानीमै बस चढेकी एक्ली महिलामाथि यौन दुर्व्यवहार, चालक पक्राउ

by समतल अनलाइन

काठमाडौं। सार्वजनिक बसमा यात्रा गर्ने महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा एक चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडकपेटीमा व्यापार गर्ने ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दुर्व्यवहार गरेका थिए ।

दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको उजुरीको आधारमा काठमाडौँको ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि सोमबारै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ को म्याद लिई महानगरीय प्रहरी परिसरको हिरासतमा राखी अनुसन्धान कार्य जारी रहेको छ ।

 
 
  
 

You may also like