मेलवर्न स्टार्सको सातौं जित, म्याक्सवेलको उत्कृष्ट ब्याटिंग

by समतल अनलाइन

काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्स मेलवर्न रेनेगेडसलाई पराजित गरेको छ । १६९ रनको लक्ष्य पाएको मेलवर्न स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ । स्टार्सलाई जिताउन कप्तान ग्लेन म्याक्सवेलले शानदार ब्याटिंग गरेका थिए । म्याक्सवेलले ४५ बलमा ८३ रन बनाएका थिए ।

त्यस्तै निक लार्किनले अविजित ३३ रन बनाए भने हिल्टन कार्टराइटले ३५ रन बनाए ।

यस अघि मेलवर्न डर्बीमा मेलवर्न रेनेगेडसले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

रेनेगेडसका लागि शन मार्शले सर्वाधिक ६३ रन बनाए भने मार्कस हरिसले ४२ रन बनाए । त्यस्तै बेउ वेबस्टरले २५ रन बनाए भने डेनियल क्रिस्टियनले १२ र टम कूपरले १५ रन बनाए ।

मेलवर्नका लागि सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभरमा ३९ रन दिएर २ महत्वपूर्ण विकेट लिएका हुन् । सन्दीपले शन मार्श र बेउ वेबस्टरको विकेट लिएका थिए । त्यस्तै नाथन कुल्टनर नीलले पनि २ विकेट लिएका थिए ।

त्यस्तै मेलवर्न स्टार्सका लागि हरिस राउफले एक विकेट लिए । राउफले उत्कृष्ट बलिङ गर्दै अन्तिम ओभरमा एक ओभर दिएर एक विकेट रन आउटको रुपमा लिएका थिए ।

जारी लिगमा मेलवर्न स्टार्स ८ खेलमा सातौ जित हासिल गर्दै १४ अंक सहित शिर्ष स्थानमा रहेको छ भने रेनेगेडसले भने अहिलेसम्म खेलेका आठै खेलमा हार बेहोरेको छ ।

 
 
  
 

You may also like