चलचित्र ‘पर्खि बसे’ को नयाँ सिरिज बन्ने

by समतल अनलाइन

काठमाडौँ । नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू रहेको सुपरहिट चलचित्र ‘पर्खी बसेँ’ को नयाँ सिरिज बन्ने भएको छ ।

गोपीकृष्ण मुभिज र हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा फिल्म ‘पर्खि बसेँ ’ काे दाेस्राे सिरिज बन्न लागेको हो ।

गोपीकृष्ण मुभिजको को तर्फबाट निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको तर्फबाट विनोद सापकोटाले चलचित्र ‘पर्खि बसे २’ बन्ने बिषयमा बिहिबार लिखित रुपमा सम्झौता गरेका छन् ।

चलचित्रमा निकिता र विनोद निर्माता रहने छन् भने प्रदीप दाहाल र तिर्थप्रसाद पौडेल सहनिर्माताको रुपमा रहने छन् । ‘पर्खी बसेँ’ निर्माण भएको करिब १३ बर्षपछि यो चलचित्रको यो सिरिज बन्न लागेको हो ।

सांगीतिक प्रेमकथामा बन्ने बताईएको यस चलिचत्रमा सौरभ चौधरीले निर्देशन रहने छ भने कथा पनि उनकै रहने बताईएको छ ।

फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ।

 
 
  
 

You may also like