कसरी सुरुवात भयो मनुष्यको भाषा ? वेदमा यस्तो छ उल्लेख

by समतल अनलाइन

ज्यो. सुरेश चन्द्र रिजाल

काठमाडौं । पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको छ भने सूर्यले पूरै सौर्य परिवारकै परिक्रमा नित्य रुपमा गरिरहेको छ । जहिले पनि सूर्यको एक साइटमा पृथ्वी पर्दछ । सूर्य वृहस्पति ग्रहभन्दा सात सय बयासी गुणा ठूलो छ भने शनिभन्दा पन्ध्र सय बैसठ्ठी गुणा ठूलो छ ।

सूर्यको जुन परिधि छ, त्यो भन्दा एक डिग्री तलबाट बाँकी आठ ओटा ग्रहहरुले परिक्रमा गरिरहेका हुन्छन् । सूर्य बाहेक अरु आठ ओटा ग्रहहरुले एक एक डिग्रीको फरकमा रहेर परिक्रमा गर्ने भएकाले हाम्रा ऋषि महर्षीहरुले पृथ्वीलाई अष्टाध्यायी या अष्टाकक्षरा भनेर नामाकरण गरेका थिए । त्यो पनि अनुष्टुप छन्दमा छ भनेर वेदमा उल्लेख गरिसकेका छन् । आष्टाक्क्षरालाई शक्ति दिनका लागि आठ वसुको पनि वेदमा व्याख्या गरिएको छ । यसैको आधारमा पृथ्वीले परिक्रमा गर्ने गर्दछ भनेर वेदमा बताइएको छ ।

आठ बसु भनेकै अष्टाक्क्षरा हो, सधैँभरि सूर्यको एक भागमा मात्रै पृथ्वीपर्ने हुन्छ। परिक्रमाका क्रममा सधैं भरि सूर्यको एक भागमा पृथ्वी हुन्छ । नवग्रहबाट नौ ओटा किरण नित्य रुपमा आहिरहेको छ र पृथ्वी अष्टाक्क्षरा हो जसको सम्बन्धन बाट ९ गुणा ८ अर्थात ७२ हुन्छ । पृथ्वी २९.८ किलोमिटर प्रतिसेनको स्पिडमा परिक्रमा गर्दा जुन ध्वनि निस्कन उक्त ध्वनिलाई ऋषि महर्षीहरुले अध्ययन गरे, जसको परिणाम ७२ व्यञ्जन र नबग्रहहरुले चारैतिरबाट परिक्रमा गर्दा ९ गुणा ४ अर्थात ३६ स्वरको रचना भएको हो भनेर वेदमा उल्लेख गरिएको छ । ३६ प्लस ७२ अर्थात १०८ को वर्णमाला बनेकै कारणले १०८ नम्बर ऋषि महर्षीहरुले प्रथमिकता दिएको हो र यो वेदमा उल्लेख गरिएको छ ।

१०८ को जुन वर्णमाला बनेको छ त्यो कुनै मानिसले भने बनाएको होईन यो त प्राकृतिक ध्वनि हो कुनै मानबबाट निर्माण गरेको ध्वनि हैन । प्रकृतिले निकालेको ध्वनि हो । जब बच्चा आमाको गर्भमा छँदा यहीँ प्रकृतिको भाषा प्रयोग गरेर हाँस्ने यहीँ भाषमा कुरागर्ने र त्यही भाषामा रुने गर्दछन् । यति मात्रै नभएर जति पनि पशु पंक्षीहरु छन् ति सबैले यही प्रकृतिकै भाषामा कुराकानी गर्दछन् । पृथ्वी पञ्चत्वबाट बनेको हो, जुन पृथ्वी, जल, वायु, आकाश र तेज मानव शरीरमा जुन जुन कुराहरु छन् ठिक त्यही कुरा नै पृथ्वीमा छ ।

पहिला पृथ्वी तत्व, त्यस पछाडि जल तत्व जसबाट पानी बग्दा निस्कने आवाज सुन्छौ । त्यस्तै हावाबाट सनसनी आवाज आउने गर्दछ र आगोले धुँधुँको आवाज निकालिरहेको हुन्छ, किनकि यो प्राकृतिक भाषा हो । यहीँ ध्वनि ऋषिहरुले सुनेपछि त्यसलाई दोहोर्याउन खोज्दा मनुष्य भाषाको विकाश भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । यसरी मनुष्य भाषाको बिकाश भएको कुरा वेदमा प्रष्ट रुपमा उल्लेख गरिएको छ ।

यसरी विज्ञान जन्मिनु भन्दा पहिले नै ऋषि महर्षीहरुले पत्ता लगाई सकेका हुन् । यहीँ कुरालाई पछि वैज्ञानिकहरुले थप प्रमाणसहित जानकारी गराएका मात्रै हुन् । आज सम्म पनि विज्ञानले संस्कृत भाषालाई विज्ञानको पिता भनेर परिभाषित गरेको छ ।

 

 
 
  
 

You may also like