अमेरिकामा ट्रकको ठक्करबाट बुटवलका बालकको मृत्यु

by समतल अनलाइन

अमेरिका । अमेरिकामा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ । अमेरिकाको न्युर्योक शहरस्थित कोरोनामा ट्रकको ठक्करबाट १० वर्र्षीया श्रीजल पन्थीको मृत्यु भएको हो । कोरोनास्थित लेफ्राक सिटीमा आफ्ना आमाबुबासँग बस्दै आएका बालक पन्थीको सोमबार बिहान (डिसेम्बर ८) मा फोहोर उठाउने ट्रकको ठक्करबाट मृत्यु भएको अमेरिकाबाट पत्रकार विजय थापाले जनाएका छन् ।

ट्रकको ठक्करबाट घाईते भएकी आमा मीना पन्थीको न्वीन्सको एलमस्ट्र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बालक श्रीजल बुटवल निवासि समाजसेवी पुरुषोत्तम पन्थीको छोरा रहेको बताइएको छ ।

 
 
  
 

You may also like