पत्रकार महिलाकालागि लैंगिक तथा लक्षीत वर्गमैत्री तालिम सुरु

by समतल अनलाइन

बुटवल । दिगो र प्रभावकारी विकासका लागि राज्यले लैंगिकता र लक्षीत वर्गको विकासमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् ।त्यसकालागि संचारमाध्ययममा लैंगिकता र लक्षीत वर्गका विषयलाई प्राथमिकता दिन उनीहरुले आग्रह गरे ।

संचारिका समूह प्रदेश ५ ले बुटवलमा आयोजना गरेको लैंगिक तथा लक्षीत वर्गमैत्री तालिम उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले पत्रकार महिलाको क्षमता विकासले मात्रै संचारमाध्ययमबाट लैंगिकता र लक्षीत वर्गका विषय सशक्त बन्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभाका उपसभामुख कृष्णी थारुले पछाडि परेको वर्ग र समुदायको विकासले मात्रै सुखी र समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभयो । यसका लागि पत्रकार महिलाहरुको क्षमता र सीप विकासका लागि समेत राज्यले लगानी गर्नुपर्ने उहाले बताउनुभयो ।

राज्यले महिला, बालबालिका, पछाडि परेको वर्ग र समूदायका क्षेत्रमा गरेको लगानी अनुगमन र प्रभावकारीता अनुगमनका लागि समेत पत्रकार महिलाहरुको क्ष्ँमता बढाउनुपर्ने उहाले बताउनुभयो ।

‘संचारमाध्ययममा लैंगिकता र लक्षीत वर्गका विषय उठे सरोकारवालाको ध्यान तान्न र यस क्षेत्रमा लगानी बढाउन सकिन्छ,’ उहाले भन्नुभयो, ‘त्यसकालागि पत्रकार महिलाहरुको क्षमता बढाउन पनि राज्यको लगानी चाहिन्छ। पत्रकार महिलाले पनि समय व्यवस्थापन गर्ने र आफूलाई अभ्यस्त राख्ने गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले अबको हरेक विकासमा लैंगिकता र लक्षीत वर्गको हीत खोज्नुपर्ने बताउनुभयो ।

त्यसकालागि संचारमा पत्रकार महिला र उनीहरुको क्षमता विकासका लागि समेत प्राथमिकता दिएको उहाले बताउनुभयो । ‘प्रजनन अवस्था, सामाजिक मुल्यमान्यता , पितृसत्ता लगायतले पत्रकार महिलाहरु पुरुष सरह अगाडि बढ्न नसकेका बेला राज्यले उनीहरुको क्षमता बढाउन लगानी गर्नुपर्ने छ,’ उहाले भन्नुभयो ।

पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष भरत केसीले हरेक क्ष्ँेत्रमा ३३ प्रतिशत महिला सहभागिता बढेका बेला संचारमाध्ययममा समेत पत्रकार महिलाको संख्या बढाउनुपर्ने बताउनुभयो ।

त्यसकालागि सिकेको सीप र प्रविधिलाई प्रयोगमा ल्याउनुपर्ने उहाले सुझाब दिनुभयो ।

संचारिका समूहका प्रदेश महासचिव अमृता अनमोलले पत्रकार महिलालाई लैंगिकता र लक्षीत वर्गका विषयमा फिचर लेख्न सिकाउन तालिम आयोजना गरेको बताउनुभयो । तालिममा प्रदेशका १२ जिल्लाका ४० पत्रकार महिला सहभागी छन् । लेखनलाई सफल बनाउन तालिममा हरेक दिन प्रयोगात्मक अभ्यास हुने उहाले बताउनुभयो ।

संचारिका समूह प्रदेश ५ का अध्यक्ष पार्वती पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव माया केसीले गर्नुभएको थियो । तालिमको पहिलो दिनको सहजीकरण पत्रकार दिपक ज्ञवाली र नारायणी रजौरेले गर्नुभएको थियो ।

 
 
  
 

You may also like