चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनिक

by समतल अनलाइन

काठमाडौँ । माघ १० गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘कमाण्डर’ को ट्रेलर सार्वजनीक भएको छ । चलचित्रको प्रदर्शन मिति तोकिएसँगै ट्रेलर सार्वजनीक भएको हो ।

चलचित्रमा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा लगायत कलाकारको अभिनय रहेको छ ।

झण्डै तीन मिनेटको उक्त ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा देखाईएको छ ।

एलआर विबेक सापकोटाद्वारा निर्देशित यस चलचित्र सुपेरियर फिल्मस्को ब्यानरमा तयार पारिएको हो । निर्देशक आफैको लेखन र निर्माण रहेको यस चलचित्रमा सहनिर्मातामा सावन जंग राना रहेका छन् ।

 
 
  
 

You may also like