बुटवल । प्रदेश ५ का भौतिक तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बाँके, बर्दियाका जनता कर्णालीमा सामेल हुन चाहेको कुरा विपक्षि दलले चलाएको हल्ला मात्रै भएको बताएका छन ।
बहूसङ्ख्यक थारु समुदाय रहेको बर्दियाका चौधरीहरु कर्णाली प्रदेशमा मिसिएको अवस्थामा उनिहरु अल्प संख्यकमा गनिने बताउँदै उनले त्यहाँका जनताहरु प्रदेश पाँचमै रहन चाहेको उल्लेख गरे ।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले थारु र मगर बाहूल्य रहेको प्रदेश पाँचमा उनीहरुको संस्कृती संरक्षणमा सरकार लागि रहेको अवस्थामा उनीहरु प्रदेश पाँचबाट छुट्टिन नचाहेको कुरा प्रस्ट्याउँदै उनले भने ‘यो मिडियाको बौद्धिक खपतका लागि गरिएको कुरा हो, यसले कुनै पार लाग्ने र निश्कर्षमा पुग्नेवाला छैन ।’
प्रदेश राजधानी र नामाकरण यसै वर्ष तोकिने बताउँदै मन्त्री चौधरीले प्रदेश ३ को राजधानी हेटौडा रहने नेकपाको निणर्य अनुसार सदनबाट पनि स्वीकृत हुने बताए । प्रदेश ३ को राजधानी तोकिएसँगै प्रदेश पाँचको नाम र स्थान तोक्नका लागि प्राविधिक रुपमा सजिलो हुने भएकाले पनि यो आर्थिक वर्ष्भित्रै नाम र स्थानबारे टुङ्गो लाग्नेमा ढुक्क रहन उनले आग्रह गरे । मन्त्री चौधरीले फरक कार्यक्रममा बोलेअनुसार प्रदेश पाँचको राजधानी बुटवल नै कायम हुने लगभग निश्चित भएको छ । केही समय अघिको एक कार्यक्रममा बोल्दै चौधरीले प्रदेश ३ को राजधानी हेटौडा तोकिएको अवस्थामा प्रदेश पाँचको राजधानी पनि बुटवल नै हुनसक्ने दाबी गरेका थिए ।
प्रदेश राजधानी र नामाकरण यसै वर्ष तोकिने बताउँदै मन्त्री चौधरीले प्रदेश ३ को राजधानी हेटौडा रहने नेकपाको निणर्य अनुसार सदनबाट पनि स्वीकृत हुने बताए । प्रदेश ३ को राजधानी तोकिएसँगै प्रदेश पाँचको नाम र स्थान तोक्नका लागि प्राविधिक रुपमा सजिलो हुने भएकाले पनि यो आर्थिक वर्ष्भित्रै नाम र स्थानबारे टुङ्गो लाग्नेमा ढुक्क रहन उनले आग्रह गरे ।
मन्त्री चौधरीले फरक कार्यक्रममा बोलेअनुसार प्रदेश पाँचको राजधानी बुटवल नै कायम हुने लगभग निश्चित भएको छ । केही समय अघिको एक कार्यक्रममा बोल्दै चौधरीले प्रदेश ३ को राजधानी हेटौडा तोकिएको अवस्थामा प्रदेश पाँचको राजधानी पनि बुटवल नै हुनसक्ने दाबी गरेका थिए ।