काठमाडौं । ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ उत्कृष्ट फिल्म घोषित भएको छ । साथै यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको छ ।
फिल्म ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भएको अवार्ड समारोहमा चर्चित कलाकारको बाक्लो उपस्थित थियो । तर, उत्कृष्ट अभिनेताको उपाधि जितेका विपिन कार्की र उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी नम्रता श्रेष्ठ, फिल्मका निर्देशक दिनेश राउत लगायत समारोहमा उपस्थित थिएनन् ।
‘प्रसाद’ ले उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट निर्देशन गरी पाँच विधामा अवार्ड जितेको थियो ।
यस्तै कामना अवार्डमा दयाहाङ राईले फिल्म ‘साइँली’ बाट सह–अभिनेताको अवार्ड जिते भने सह–अभिनेत्रीको अवार्ड फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट प्रियंका कार्कीले हात पारिन् ।
अवार्ड समारोहको उद्घोषण राजेश हमालले गरेका थिए । समारोहमा मदनकृष्ण श्रेष्ठ, भुवन केसी, करिश्मा मानन्धर, नीर शाह, दीपाश्री निरौला, रमेश उप्रेती, पूजा शर्मा, पल शाह, गौरी मल्ल, सुहाना थापा, स्वस्तिमा खड्का, लगायत कैयन् सेलिब्रेटीको उपस्थिति थियो ।
अवार्ड समारोहमा कलाकारले प्रस्तुति समेत दिएका थिए । समारोहमा २६ विधामा अवार्ड प्रदान गरियो भने वरिष्ठ कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई ‘लाइफ टाइम अचिभमेन्ट’ सम्मान प्रदान गरियो ।
यस्तो छ अवार्ड विजेताको पूर्ण सूची:
उत्कृष्ट फिल्म : प्रसाद
उत्कृष्ट निर्देशक : दिनेश राउत (प्रसाद)
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद)
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ (प्रसाद)
कामना पब्लिक च्वाइस अवार्ड : स्वस्तिमा खड्का
सह-अभिनेता : दयाहाङ राई (साइँली)
सह-अभिनेत्री : प्रियंका कार्की (नाईं नभनू ल ५)
डेब्यू नायक : उमेश थापा (बोबी)
डेब्यू नायिका : सुहाना थापा (ए मेरो हजुर ३)
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
उत्कृष्ट कथाकार : खगेन्द्र लामिछाने (डमरुको डण्डीबियो)
उत्कृष्ट डेब्यू निर्देशक : छेतेन गुरुङ (डमरुको डण्डीबियो)
उत्कृष्ट खलपात्र : प्रमोढ अग्रहरी (कथा काठमाण्डु)
उत्कृष्ट सम्पादक : निमेष श्रेष्ठ (डमरुको डण्डीबियो)
उत्कृष्ट पटकथा : शुशिल पौडेल (प्रसाद)
उत्कृष्ट संवाद : दीपकराज गिरी (छक्का पञ्जा ३)
उत्कृष्ट हास्य कलाकार : केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट बालकलाकार : सेड्रिना शर्मा (नाईं नभनू ल ५)
उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पञ्जा ३)
उत्कृष्ट द्वन्द्व निर्देशक : शुक्रराज शाह (भिलेन)
उत्कृष्ट पार्श्वसंगीत : एलिश कार्की (डमरुको डण्डीबियो)
उत्कृष्ट संगीतकार : बसन्त सापकोटा (नाई नभनु ल ५)
उत्कृष्ट गीतकार : दिनेश थपलिया – तिम्रो आँखामा (नाईं नभन्नू ल ५)
उत्कृष्ट गायक : हेमन्त राना मगर (साइँली)
उत्कृष्ट गायिका : अञ्जु पन्त – सँगसँगै (बाँध मायाले)
उत्कृष्ट सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान (नाईं नभन्नू ल ५)
उत्कृष्ट ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट श्रङ्गार : श्याम लामा (चक्कर)
लाइफटाइम एचिभमेन्ट अवार्ड (कला) : नीर शाह
लाइफटाइम एचिभमेन्ट अवार्ड (प्राविधिक) : सन्तु तामाङ
तस्वीरहरु: आर्यन बिमली