नेपाल शैक्षिक परामर्स संघ रुपन्देहीमा नयाँ नेतृत्व

by समतल अनलाइन

बुटवल । नेपाल शैक्षिक परामर्स संघ(ईक्यान) रुपन्देहीको प्रथम अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा शुक्रबार भएको भेलाबाट देव बहादुर कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नयाँ गठन भएको समितिको उपाध्यक्षमा अमित पौडेल, सचिवमा गिरीराज पाण्डे, कोषाध्यक्षमा मोहनलाल घिमिरे चयन भएका छन् । कार्यकारी सदस्यहरुमा राजेश पाण्डे, मुकेश अर्याल, मिन प्रसाद शर्मा, करिष्मा पाण्डे, दिपेश अर्याल, गोविन्द बस्नेत चयन भएका हुन ।

यस्तै प्रमुख सल्लाहकारमा गोविन्द राज अधिकारी, सल्लाहकारमा दिनेश पौडेल र बसन्त पाण्डेलाई चयन गरिएको छ । अधिवेसनको उदघाटन गर्दै नेपाल शैक्षिक परामर्स संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्स प्रदान गर्र्ने संस्थाहरुको विचमा एकता आवश्यक रहेको बताए ।उनले शिक्षा मन्त्रालय संग जोड्नुपर्ने बताए ।

अहिले पनि कयौं कन्ल्टेन्सीहरु राज्यको नीती नियम भन्दा वाहिर रहेको भन्दै सबैलाई राज्यको नीति नियमममा भित्र रहेर सञ्चालन गर्नुपर्ने बताए । केन्द्रीय अध्यक्ष पाण्डेले ई क्यानमा आवद्ध रहेका सबै संस्थाहरु नेपाल सरकार शिक्षा मन्त्रालयको ऐन कानुनको परिधीमा रहेर काम गरिरहेको बताए ।
सरकारले ल्याएका नयाँ नीति तथा नियममले अझ बढि बलियो बनाएको भन्दै उनले शैक्षिक क्षेत्रलाई अझ बढ बढि जिम्मेबार बनाएको बताए । कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, ई क्यानका निर्वतमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, पुर्व अध्यक्ष राजेन्द्र बराल, मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, ई क्यानका पुर्वञ्चलन अध्यक्ष रोशन निरौला लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रम देव बहादुर कुँवरको अध्यक्षता सचिव गिरिराज पाण्डेको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराइएको छ ।

रुपन्देहीमा करिव १ सय भन्दा बढि कन्ल्टेन्सीहरु सञ्चालनमा रहे पनि ई क्यानमा एक दर्जन मात्रै कन्सल्टेन्सीहरु आवद्ध रहेका छन् ।

 
 
  
 

You may also like