‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुन्छ’-सुजाता कोइराला

by समतल अनलाइन

देउवाले सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागे : सुजाता

बुटवल। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी बचाउन सभापति शेरबहादुर देउवालाइ आग्रह गरेकी छन् । बुटवलमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउवाले फेरि सभापति बन्नकै लागिे पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो,ब्याक्ति होइन,पार्टीको बिबाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ । ’ उनले भनिन् ।

उनले भनिन् —‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि हात यो पार्टीमा भोट हाल्नलाइ कांप्च ।’ भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भिर भएर सोच्ने उनको भनाइ छ । पार्टीको बिबाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाइ बलियो बनाउनेलाइ जिताउनुपर्ने उनको भनाइ छ । कोइराला परिवार भनेर मात्रै होइन,कांग्रेसमा योगदान गरेको इतिहास छ । शेखर,शशांक ,म जोभएपनि हामी बिच बिबाद छैन,मिलेरै अगाडी बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।सरकारले जनचाहना बिपरितका काम गरेको भन्दै उनले सरकारलाइक्ष् सच्चीन आग्रह गरिन् । निर्मला हत्या,वाइडबडी,बालुवाटार,यतिकाण्डदेखि २०—३० वटा काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भनेर उनले प्रश्न समेत गरिन् ।

पत्रकार सम्मेलन सभापति रेखा भुसालको अध्यक्षता तथमा सहसचिब कल्पना तिवारीको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like