नाजिर र शिल्पाको म्युजिक भिडियो ट्रेन्डिङ नम्बर एकमा (भिडियो)

by समतल अनलाइन

अल्मोडा राना उप्रेतीको स्वर, शब्द, संगीत र संयोजन रहेको गीत ‘कहिले भेट्ने खै २’ बोलको गीत युट्युबमा रुचाइएको छ ।

यो गीत युट्युबमा नेपालको नम्बर एक ट्रेन्डिङमा परेको छ । विरहका भाव समेटिएको गीतमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नाजिर हुसेन, विकास लामिछाने र शिल्पा मास्केले भिडियोमा अभिनय गरेका छन् । गीतका शब्दहरु मन छुने छन् ।

गीतलाई रञ्जीत बल्लभ उप्रेतीले रेकर्ड र मिक्सिङ गरेका हुन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन् ।

यस्त‍ गीतमा रुवल बस्नेतले लगानी गरेका छन् ।

 
 
  
 

You may also like