रुपन्देही उद्योग संघले उद्यमशिलता सम्मेलन गर्ने

by समतल अनलाइन

बुटवल।रुपन्देही उद्योग संघले उद्योगको अवस्था र समस्या पहिचान, समाधान र सम्भावनाको खोजिका लागि प्रदेश स्तरीय उद्यमशिलता सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन २०७७ वैशाख २६ गते गर्ने संघले जनाएको छ ।

प्रदेश नं. ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विशाल मिडिया गु्रपसँगको सहकार्यमा सम्मेलनको आयोजना हुने संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी गराउनु भएको छ । सम्मेलनमा प्रदेश नं ५ का १२ जिल्लाका उद्यमी ब्यवसायी संगै देश भरीका प्रतिष्ठित उद्यमी ब्यवसायीका अगुवाहरुलाई सहभागी गराई उद्योग र उद्यमीका समस्याहरु बारे छलफल हुने छ । प्रदेश भित्रको लगानी, उद्यमशीलताको अवस्था र यस क्षेत्रको आर्थिक विकासका लागि सरकारले गरिरहेको कामको बारे जानकारी दिने उद्देश्यका साथ सम्मेलनको आयोजना हुन गइरहेको वहाँले बताउनु भयो ।

सम्मेलनमा देशका प्रतिष्ठित उद्यमीहरु, प्रदेशभित्र स्थायी घर भई हाल नेपाल र नेपालबाहिर रहेका लगानीकर्तालाई एकै ठाउँमा भेला गरी प्रदेशमा बोलाई प्रदेश भित्रको लगानीका सम्भावना र हाल कायम समस्या समाधानका लागि आवश्यक छलफल गरिने विशाल मिडिया ग्रुपका कार्यकारी निर्देशक बिशाल गैरेले बताउनु भयो ।

प्रदेश सरकारले लगानीका लागि आह्वान गर्ने लगानीकर्तालाई सहजीकरण गर्ने तथा निजी क्षेत्रले ढुक्कसँग लगानी गर्ने वातावरण तयार गर्न सरकार र निजि क्षेत्र एक ठाउँमा बसेर छलफल गर्ने उद्देश्य रहेकाले यस सम्मेलन मिनी लगानी सम्मेलन समेत भएको गैरेको दावी छ ।
सम्मेलनमा प्रादेशिक संरचना भित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाट अर्फ कम्पनी र त्यस माथीको लगानीबारे लगानीकर्तासगं छलफल चलाउने र लगानी जुटाइदिने, सरकार र युवा उद्यमीहरुबिच छलफलको वातावरण निमार्ण गर्ने अवसरको रुपमा सम्मेलनलाई लिइएको नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले बताउनु भयो ।

सम्मेलनमा देशका विशिष्ट व्यक्तित्वहरु, राष्ट्रका महत्वपूर्ण अंगका प्रमुखज्यूहरु तथा उद्यमशीलतामा रुचि राख्ने युवा, विधार्थीहरु, उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवाला सहित प्रदेशभित्रका ४ सय उद्यमी तथा प्रदेश बाहिरका १ सय बरिष्ठ उद्यमी समेत गरी ५ सय जनाको सहभागीता रहने संघका महासचिव जीवकान्त काप्mलेले जानकारी गराउनु भएको छ ।

प्रदेशको उद्यमशीलतामा काम गरिरहेका दातृ संस्थालाई समेत सहकार्यमा जोड्ने गरी कार्यक्रम ब्यवस्थापनको तयारीमा लागेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताउनु भयो ।

प्रदेशभित्र औद्योगिक लगानी बढाउन र पर्यटनका माध्यमबाट उद्यमलाई प्रोत्साहन गर्न र भिजिट नेपाल २०२० लाई सफल बनाउन यो सम्मेलनले निकै महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएकोे छ ।

 
 
  
 

You may also like