धादिङमा आक्रोशित स्थानीयले ३ वटा स्काभेटर जलाए

by समतल अनलाइन

धादिङ,२५ साउन । धादिङ गजुरी गाउँपालिका वडा नं. ६ स्थित दरिगाल खोलामा वालुवा झिक्ने क्रममा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नं. ७ भस्मे खर्कका १८ वर्षिय भिव तामाङ र सोहि स्थानका २१ वर्षिय सुमन तामाङको मृत्यु भएको हो । विहन १० बजेको समयमा वालुका निकाल्न खोलामा पस्दा डुवेर मरेको बताईएको छ ।

अबैध तरिकाले बालुवा निकाल्न रातको समयमा स्काभेटर प्रयोग गरि खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु भए सँगै आक्रोसित स्थानीयहरुले तीनवटा एक्साभेटरमा आगजनी गरेका छन् ।

खोलामा डोजर लगाउन नपाउने भन्दै स्थानीयको आन्दोलन पछि प्रशासनले कडाइ गरे पनि राति अवैध रुपमा एक्साभेटर लगाउने गरिएको थियो । गैर कानुनी कामको संरक्षक सबैलाई ज्यान मुद्दामा पक्राउ गर्नु पर्ने स्थानियहरुले माग गरेका छन । गजुरीबाट प्रहरीको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्

 
 
  
 

You may also like