२०७६ पुस ९ गते बुधबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्ने छ । चोट पटक लाग्न सक्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्ने छ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउने छ । वाहन सुख पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकूल भई कुलतमा मन जानेछ । झैं–झमेलाको अवस्था पनि आउँला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुची बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । वस्त्र लाभ पनि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउँला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रा पनि हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । भौतिक साधन जुटाउने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिन छ साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता पनि मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like