अन्तरकलेज फुटसलको उपाधि नेपथ्यलाई

by समतल अनलाइन

बुटवल । रुपन्देहीको मणिग्राममा सञ्चालित अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि तिलोत्तमाको जानकीनगरस्थित नेपथ्य कलेजले जितेको छ ।

रुपन्देहीका २४ वटा कलेजको सहभागितामा पुस ६ गतेदेखि ८ गतेसम्म सञ्चालित प्रतियोगिताको फाइनलमा वेस्टर्न मेगा कलेजलाई ४–३ गोल अन्तरले पछि पार्दै नेपथ्यले उपाधि जितेको हो ।

नेपथ्यको जितमा सुसन अधिकारीले २ तथा रोहन खांण ठकुरी र दीपेश बुढाथोकीले एक–एक गोल गरेका थिए । उपविजेतामा चित्त बुझाएको वेस्टर्न मेगाका लागि बसन्त थापाले दुई गोल गरेका थिए भने अर्को गोल नेपथ्यका अंकित ढकालले आत्मघाती गोल गरेका थिए ।

प्रतियोगितामा नेपथ्य कलेजका अंकित ढकाल बेस्ट प्लेयर,तिलोत्तमा क्याम्पसका निशान न्यौपाने सर्वाधक गोलकर्ता (११ गोल) वेस्टर्न मेगाका ताजेन्द्र बुढामगर बेस्ट किपर घोषित भए । विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार पुरस्कार हात पारे ।

कलेजहरुबीच आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नेपथ्य फुटसल क्लबको आयोजनामा भएको प्रतियोगिताको मुख्य प्रायोजन स्टडी वल्र्ड एजुकेसनल कन्सल्टेन्सी बुटवलले गरेको थियो ।

समापन समारोहमा मुख्य प्रायोजक संस्थाका सीईओ देवबहादुर कुंवर,नेपथ्य कलेजका प्रिन्सिपल सन्जीव भण्डारी, नेपथ्य फुटसल क्लबका अध्यक्ष अमृत पौडेल,सचिव सागर पौडेलले विजयी खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

 
 
  
 

You may also like