ट्रक र एम्बुलेन्स आपसमा ठोक्किदा १ को मृत्यु, ४ घाइते

by समतल अनलाइन

सुनसरी। ट्रकसँग एम्बुलेन्स ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । सुनसरीको नरसिंह गाउँपालिका–५ सुनसरी पुलमा सोमबार बिहान बिरामी बोकेर गइरहेको को १ च ४९६ नम्बरको एम्बुलेन्स पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकसंग ठोकिएको हो ।

बिहान सवा ८ बजे भएको सो दुर्घटनामामा एम्बुलेन्समा सवार बिरामी उदयपुरको गढी नगरपालिका ५ का ५० वर्षीय चेतबहादुर विकको मृत्यु भएको छ । जिल्ला अस्पताल पुर्याउदा विष्टलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक, परिचालकसहित ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा भर्ना गरिएको छ । घाइते चारैजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like