मामालाई बुबा बनाएर नागरिकता : एक भारतीय पक्राउ

by समतल अनलाइन

मलंगवा। झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरहथवा नगरपालिका २ का आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिएका छन् ।

राजपुतले निरज भण्डारी नाम राखेर पुष ३ गते इलाका प्रशासन कार्यालय बरहथवा सर्लाहीबाट नागरिकता लिएका छन् । मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि हजरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like