कञ्चनमा निरन्तर सरसफाई

by समतल अनलाइन

नरेश चौधरी
मुर्गिया । कञ्चन गाँउपालिकाले नियमित सरसफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । टोल सरसफाई कार्यक्रम अन्तरगत कंचन १ बेलभरियामा सरसफाई गरि कार्यक्रम सम्पन्न गरिएको हो । जनप्रतिनिधि, टोलविकास संस्था,कञ्चनमा रहेका विभिन्न संघसस्था, क्लब, आमासमुह, सुरक्षाकर्मी, खेलाडी लगाएत स्थनियहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो । सरसफाई सम्बन्धि जनचेतना फैलाउदै गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अगुवाई तथा नेतृत्वमा सरसफाई गरिएको हो ।

टोल सरफाई कार्यक्रम प्रत्येक महिनाको अन्तिम हप्ता गर्ने गरिएको कञ्चन गाँउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो । टोल, सडक, नाली लगायत घर वरापरा सरसफाई राखे वातावारण सफा हुने, भिन्न रोग लाग्नबाट बाँच्न सकिने र गाउँठाउँ साफा देखिदा टोलबासिको प्रतिष्ठा बढ्ने र पर्यटकहरुको अवगमन हुने हँुदा यस प्रकारको महत्वपुर्ण काममा टोलबासी सजग भै स्वतः आफै आफ्नो गाउँ ठाउँ साफ गर्नु पर्ने कुरामा उहाँले जोड दिनु भयो ।

कञ्चन गाउँपालिका भित्र यस प्रकारको सचेतना मुलक कार्यक्रम नियमित गरिएको र अगामि दिनमा पनि निरन्तरता दिने गाउँपालिका उपाध्यक्ष गोमा तरामुले बताउनु भयो ।

कञ्चन १ का वडा अध्यक्ष हरिनारायण थारुले दिनहुँ भैरहेको प्रदुषण, दुसित खानेपानी, तथा टोलमा भएका विभिन्न फोहोरले विभिन्न किसिमका रोगको प्रकोप बढ्न सक्ने हुँदा यस खालको सरसफाई तथा सचेतना मुलक कार्यक्रमले राम्रो सन्देश दिएको कुरा बताउनु भयो ।

“पुर्ण सरसफाई कन्चनको अभियान स्वच्छ वातावरण हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ भैरहेको सरफाई कार्यक्रम गोकर्ण बहादुर क्षेत्रीको अगुवाईमा, गाँउपालिका उपाध्यक्ष गोमा तरामु, कंचन गाँउपालिका वडा नं. १ का अध्यक्ष हरिनारायण थारु, जनप्रतिनिधि, टोलविकास संस्था, क्लब, आमा समुह , लगायत स्थानियहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like