तपाईँ कुन बार जन्मिनु भएको ? थाहा पाउनुहोस् स्वभाव र भाग्य

by समतल अनलाइन

आइतबारको दिन सूर्यको हो भने सोमबारको मुख्य ग्रह चन्द्र हो। मंगलबार मंगलको प्रभाव हुन्छ, बुधबार बुधको । बिहीबार वृहस्पति र शुक्रबार शुक्रको प्रभाव सबैभन्दा बढी हुन्छ । शनिबारको कारक ग्रह शनि मानिन्छ।

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ। मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ। कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष: आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन्। उनीहरुको आयु पनि लामो हुन्छ। यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन्। तर यिनीहरुलाई २० देखि २२ वर्षसम्म दुःख हुन्छ।

स्त्री: आइतबार जन्मिने स्त्री दान(पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन्।

ADVERTISEMENT

सोमबारः
पुरुष: सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ। यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ। सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन्। सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ।

स्त्री: सोमबार जन्म भएका महिला सुन्दर हुन्छन्। यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन्।

मंगलबारः
पुरुष: मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन्। यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ। यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन्। यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ। दुख र सुख आउने जाने भैरहन्छ।

स्त्री: ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ। यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन्।

बुधबारः
पुरुष:बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन्। यिनीहरुको बोलीमा मिठास हुन्छन्। यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ।

स्त्री: बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन्। यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री: जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः
पुरुष: शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन्। बुद्धिमान र मृदुभाषी यिनीहरुको स्वभाव हो। यिनीहरु सहनशिल पनि हुन्छन्। यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ।

स्त्री: कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ। यस्ता स्त्री मस्ती मजाक गर्छन्। परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन्।

शनिबारः
पुरुष: जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि व्यापार वा प्रविधिको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ। भाइबहिनी वा दाइ दिदीबाट सन्तुष्टि मिल्दैन। यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ।

स्त्री: शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला। सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन्। यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन्। -एजेन्सी

 
 
  
 

You may also like